काठमाडौं- नेपाल प्रहरी अस्पतालको ३८ औं वार्षिकोत्सवको अवसरमा नि:शुल्क स्वास्थ्य शिविर तथा औषधि वितरण कार्यक्रम सञ्चालन गरिएको छ।
प्रहरी नायव महानिरीक्षक डा रामकृष्ण राजभण्डारीको कमाण्डमा खटिएको विशेषज्ञ चिकित्सकसहितको टोलीले वहालवाला तथा पूर्वप्रहरी कर्मचारी र तिनका आश्रित परिवारहरुलाई नि:शुल्क स्वास्थ्य शिविर तथा औषधि वितरण गरेको हो।
साथै सर्वसाधारण नागरिकहरुसमेत गरि मध्य क्षेत्रीय प्रहरी अस्पताल नेपालगञ्ज बाँकेमा १४९५ जना, ट्राफिक प्रहरी कार्यालय अत्तरिया कैलालीमा १७१२ जना, सुदुरपश्चिम क्षेत्रीय प्रहरी अस्पताल दिपायल डोटीमा १४७५ जना र सुदुरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र प्रहरी प्रशिक्षण स्थल बुडर डोटीमा १०३ जना गरि ४,७८५ जनालाई निशुल्क स्वास्थ्य परीक्षण तथा औषधि उपलव्ध गराइएको थियो।