सिन्धुपाल्चोक- थाङ्पाल गाउँपालिकाले स्वास्थ्य सेवामा उदाहरणीय काम गरेको छ। यहाँका १२ स्थानीय तहमध्ये सो गाउँपालिकाले प्रदान गरेको स्वास्थ्य सेवाबाट स्थानीयवासी खुसी छन्। बागमती प्रदेश सामाजिक विकास मन्त्रालयको सहयोगमा पालिकामै पाँचपोखरी प्राथमिक अस्पतालको सेवा पाउन थालेपछि स्थानीयवासी कल्पना पण्डितले खुसी व्यक्त गरिन्।
गाउँपालिका–६ का बलबहादुर आचार्य लामो समयदेखि दमको समस्याले पीडित थिए। यसअघि मेलम्ची, धुलिखेल तथा काठमाडौँ गएर उपचार गराउँदै आउनुभएका उहाँ अहिले गाउँपालिकामै निःशुल्क खाना, खाजाको सुविधासहित सेवा लिन पाउँदा मख्ख छन्। उनले स्थानीय तहले राम्रो काम गर्दै गएको समेत बताए।
कोरोना महामारीको बेला कोभिड अस्पतालका रूपमा सञ्चालित यस अस्पतालबाट अहिले सबैखाले सेवा प्रदान गर्न थालिएको छ। रासस