काठमाडौं- चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर (पिजी) तहको खुल्लातर्फका सिटहरुमा म्याचिङ हुने उम्मेदवारहरुको पूर्व मनोनयन सूची सार्वजनिक गरेको छ। विभिन्न शैक्षिक कार्यक्रमको लागि एकिकृत प्रवेश परीक्षामार्फत नाम निकालेका विद्यार्थीहरुको भर्ना प्रक्रिया आयोगले अगाडि बढाएको हो।
एकीकृत प्रवेश परीक्षाको नतिजाको योग्यताक्रममा रहेका उम्मेदवारहरुले खुलातर्फका सिटहरुमा भर्नाको प्रक्रियाका लागि आयोगको वेबपोर्टलमार्फत् शिक्षणसंस्था वा शिक्षणसंस्था र शैक्षिक कार्यक्रम छनोट गरी प्राथमिकता निर्धारण गरेअनुसार पूर्वमनोनयनको सूची प्रकाशित गरिएको आयोगले जनाएको छ।
रिक्त रहने सिट आगामी चैत ६ गते प्रकाशन गर्ने पनि आयोगले जनाएको छ।