काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले फार्मेसी समूहका १५ जना कर्मचारीको सरुवा गरेको छ। मन्त्रालयले मातहतका निकायमा कार्यरत कर्मचारीको १०औं तहसम्मका १५ जना कर्मचारीको जिम्मेवारी हेरफेर गरेको हो।
मन्त्रालयमा रहेका १०औं तहका पानबहादुर क्षेत्रीलाई राष्ट्रिय औषधि प्रयोगशालामा सरुवा गरिएको छ। उनको स्थानमा औषधि व्यवस्था विभागमा रहेकी उषा तण्डुकारलाई ल्याइएको छ।
यसैगरी, राष्ट्रिय औषधि प्रयोगशालामा रहेकी सरस्वती डंगोललाई औषधि व्यवस्था विभागमा सरुवा गरिएको छ भने प्रयोगलामा रहेकी संगिता साहलाई वनस्पती विभागमा पठाइएको छ।
वनस्पती विभागमा रहेकी संचिता जोशीलाई स्वास्थ्य मन्त्रालयमा तानिएको छ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिक्षण अस्पताल पोखरामा कार्यरत भुपेन्द्रकुमार पौडेललाई औषधि व्यवस्था विभागमा ल्याइएको छ भने विभागमा रहेका राजेश श्रेष्ठलाई प्रदेश नं १ मा सरुवा गरिएको छ।
यस्तै प्रदेश १ को कार्यालयमा रहेका संजिव कट्टेललाई विभागमा ल्याइएको छ भने विभागमा रहेका मुकेश पंजियारलाई वीरगञ्जमा सरुवा गरिएको छ। वीरगञ्जमा रहेका भाग्य नारायण सिंहलाई विभागमा ल्याइएको छ।
विभागमा नै रहेका अच्युत रेग्मी औषधि प्रयोगशालामा र धिरज रौनियार चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)मा र प्रतिष्ठानमा रहेकी सुष्मा थपलियालाई विभागमा सरुवा गरिएको स्वास्थ्यमन्त्री निकट एक कर्मचारीले जानकारी दिए।