काठमाडौं- प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सिटिइभिटी)ले प्रि-डिप्लोमा तहका स्वास्थ्य सम्बन्धी कार्यक्रम चलाइरहेका ६३ संस्थालाई स्तरोन्नतिका लागि धरौटी रकम र थप विवरण पठाउन भनेको छ।
सिटिइभिटीले चिकित्सा शिक्षा आयोगबाट स्तरोन्नतिका लागि स्वीकृत पाएका संस्थालाई अस्पताल सम्बन्धी कागजात नोटरी प्रमाणित गराएर पेश गर्न भनेको हो।
आयोगले चिकित्सा शिक्षाका विभिन्न कार्यक्रममा प्रिडिप्लोमा तहका कार्यक्रम संचालन गर्ने शिक्षण संस्थाको स्तरोन्नतिका लागि पेस भएका निवेदनहरु माथि मादण्ड पुरा गरेको आधारमा स्तरोन्नतिका लागि सहमति प्रदान गरेको थियो। सोही आधारमा सिटिइभिटीले अस्पताल सम्बन्धी थप ९ विवरण उपलब्ध गराउन भनेको हो।
सिएमए, ल्याब असिस्टेन्ट, अनमी, आयुर्वेद लगायतका विषय अध्यापन गराउने ६३ कलेजको स्तरोन्नतिका लागि सहमति पाएका छन्।
यी विवरण उपलब्ध गराउनु पर्ने

६३ वटा स्वास्थ्य संस्थाको सूची