काठमाडौं- विभिन्न स्वरुपमा दोहोरिएको कोभिड–१९ ले श्रम बजारमा असर पारेपछि दक्षिणपूर्वी एसिया क्षेत्रमा गरिबी चरम तहमा पुुगेको एसियाली विकास बैंकले जनाएको छ। गत वर्ष महामारीले दक्षिणपूर्वी एसियामा ४७ लाख मानिसलाई गरिबीमा धकेलेको छ।
दैनिक १.९० डलर भन्दा कममा जिवन यापन गर्नेहरुलाई चरम गरिबी मानिएको छ र यो क्षेत्रमा ९३ लाखको रोजगारी समेत गुमेको एडीबीले आफ्नो एक रिपोर्टमा जनाएको छ।
‘यो महामारीले व्यापक बेरोजगारीतर्फ डो¥याएको छ। यसले असमानतालाई झनै खराब बनाएको छ र गरिबीको तह पनि बढेको छ। यो विशेषगरी महिला, युवा कामदार र दक्षिणपूर्वी एसियाका पाका उमेरका मानिसहरुमा रहेको छ,’ एडिबीका अध्यक्ष मासात्सुगु असाकावाले भनेका छन्।
ओमिक्रोन भेरिएन्ट फैलिएसँगै संघर्षरत अवस्थाबाट गुज्रेका दक्षिणपूर्वी एसियाका कतिपय मुलुकहरुले मुस्किलले आर्जन गरेको आर्थिक र विकास गुमाएका छन्।