काठमाडौं- नेपालमा थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार एन्टिजेन विधिमार्फत गरिएको परीक्षणमा ५ र पीसीआरमार्फत २२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
पछिल्लो २४ घण्टामा ४७४७ जनामा कोरोना परीक्षण गरिएको थियो। यो अवधिमा कसैको पनि मृत्यु भएको छैन भने २२० संक्रमणमुक्त भएका छन्।