काठमाडौं- नेपालमा कोरोना संक्रमितको संख्या पाँच हजार भन्दा तल झरेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार सक्रिय संक्रमितको सङ्ख्या चार हजार ३७६ रहेको छ।
पछिल्लो समय २२० कोरोनाबाट निको भएर घर फर्किएका छन्। यससँगै निको हुनेको सङ्ख्या नौ लाख ६१ हजार ७८१ पुगेको छ। निको हुने दर ९८.३ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ। आज सङ्क्रमणबाट कसैको पनि निधन भएको छैन ।
मन्त्रालयका अनुसार २०० भन्दा बढी संक्रमितभएका जिल्लामा ललितपुर, काठमाडौँ, चितवन, कास्की र बाँके रहेका छन्। शून्य संक्रमितभएका जिल्ला मनाङ, रुकुमपूर्व, बाजुरा र जुम्ला रहेका छन्।
हाल होम आइसोलेसनमा चार हजार ३०२, संस्थागत आइसोलेसनमा ७४, आइसीयुमा २८ र भेन्टिलेटरमा छ जनाको उपचार हुँदैछ। पछिल्लो २४ घण्टामा एक लाख ४५ हजार ९८४ जनाले खोप लगाएका छन्।