काठमाडौं- नेपालमा चारवटा जिल्लामा शून्य कोरोना संक्रमित रहेका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार शून्य संक्रमित भएका जिल्ला मनाङ, रुकुमपूर्व, बाजुरा र जुम्ला रहेका छन्।
नेपालमा कोरोना संक्रमितको संख्या पाँच हजार भन्दा तल झरेको छ। मन्त्रालयका अनुसार सक्रिय संक्रमितको संख्या चार हजार ३७६ रहेको छ।
पछिल्लो समय २२० कोरोनाबाट निको भएर घर फर्किएका छन्। यससँगै निको हुनेको सङ्ख्या नौ लाख ६१ हजार ७८१ पुगेको छ। निको हुने दर ९८.३ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ। आज कसैको पनि निधन भएको छैन।