गलकोट- गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशका सबै ठाउँमा सुलभ स्वास्थ्य सेवा प्रवाहका लागि सरकार क्रियाशील रहेको बताएका छन्।
बागलुङको गलकोट नगरपालिका ५ हरिचौरमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रको नवनिर्मित भवन उद्घाटनपछि मुख्यमन्त्री पोखरेलले जनशक्ति व्यवस्थापन अहिलेको मुख्य चुनौती रहेको बताए।
कोरोना महामारीको नियन्त्रण र रोकथाममा स्वास्थ्यकर्मीले पु¥याएको योगदानको कदर गर्दै मुख्यमन्त्री पोखरेलले कोरोनाकै कारण प्रदेशको स्वास्थ्य संरचनामा सुधार भएको बताए। संरचनागत रुपमा भवनहरु भए पनि स्वास्थ्य उपकरण र जनशक्ति अभाव भएकोबारे आफू जानकार रहेको भन्दै उनले यो समस्या समाधानका लागि तत्काल पहल गर्ने प्रतिवद्धता जनाए।
उनले भने, ‘मुख्य सहरवाहेक अन्तका स्वास्थ्य संस्थामा विशेषज्ञ सेवा दिने चिकित्सक पु¥याउन सकिएको छैन, विशेष प्रोत्साहन दिएर भए पनि हामी उनीहरुदलाई ग्रामीण भेगामा पठाउँछौं।’
सिमित स्रोत र साधनका बीच प्रदेश सरकारले भौतिक संरचनाका अतिरिक्त सामाजिक क्षेत्रमा समेत काम गर्दै आएको उनले सुनाए स्वास्थ्य क्षेत्रलाई सुदृढ गर्नकै लागि स्वास्थ्य नीति जारी गरिएको र अब यसकै कार्यान्वयका लागि ऐन बनाउन लागिएको मुख्यमन्त्री पोखरेलले बताए।
उनले भने, ‘प्रदेशमा के कस्तो स्वास्थ्य नीति अपनाउनु पर्ने हो र कसरी नागरिकलाई सहज रुपमा स्वास्थ्य सुविधा दिन सकिन्छ भनेर हामी लागी परेका छौं।’