काठमाडौं- सरकारले आकस्मिक, जीवन रक्षक र सघन उपचारमा प्रयोग हुने औषधिहरुको संख्या थप गरेको छ। औषधि दर्ता नियमावलीलाई चौथो पटक संशोधन गर्दै सरकारले आकस्मिक, जीवन रक्षक र सघन उपचारमा प्रयोग हुने सूचीकृत औषधिहरुको संख्या थप गरेको हो।
९६ वटा थप गर्दै यो औषधिको संख्या १९१ पु¥याइएको औषधि व्यवस्था विभागका सूचना अधिकारी सन्तोष केसीले बताए। यसअघि आकस्मिक, जीवन रक्षक र सघन उपचारमा प्रयोग हुने सूचीकृत औषधिको संख्या ९५ थियो।
नियमावलीमा अर्फान र बेवास्ता गरिएका रोगको उपचारमा प्रयोग हुने औषधिहरु समेत समावेश गरिएको छ। अर्फान रोगमा उपचार हुने ५५ र बेवास्ता गरिएका रोगको उपचारमा प्रयोग हुने २० वटा औषधि समावेश गरिएको उनले जानकारी दिए।
उनले भने, ‘अत्यावश्वक र आकस्मिक रुपमा प्रयोग हुने औषधिहरुको सूचीमा परिमार्जन गरिएको हो। पहिले अर्फान र बेवास्ता गरिएका औषधिहरु यसमा समावेश थिएनन्। हाल यो औषधिको सूची पनि थपिएको छ।’
यसअघि यो नियमावलीमा अत्यावश्यक औषधि र आकस्मिक तथा जीवन रक्षक औषधि भन्ने उल्लेख थियो। औषधि ऐन २०३५ को दफा ४० अनुसार सरकारले औषधि दर्ता नियमावलीको चौथो पटक संशोधन गरेको हो।
परिमार्जन गरिएका औषधिको सूची हेरौँ :