अछाम- जिल्लाको पूर्वी क्षेत्रमा रहेको दुर्गम तुर्माखाँद गाँउपालिका वडा नं. २ भैरवस्थानमा स्वास्थ्य चौकी भवन बन्ने भएको छ। १ करोड २० लाखको लागतमा निमार्ण हुने भवनको शुक्रबार शिलान्यास गरिएको हो।
पालिकाको आफ्नै लगानीमा भैरवस्थानमा भवन निर्माण हुन लागेको अध्यक्ष पुष्पराज शर्माले बताए। तुर्माखाँद गाँउपालिकाका अध्यक्ष पुष्पराज शर्माले एक कार्यक्रमका बिच भवनको शिलान्यास गरे।
भवनको शिलान्यास गर्दै अध्यक्ष शर्माले आफूले चुनावताका घोषणा गरे अनुसार सबै वडामा सहज स्वास्थ्यका लागि भवन निर्माण गरेको बताए। आपूुले कृषि, शिक्षा, स्वास्थ्य र पर्यटनलाई मुख्य प्राथामिकतामा राखरे काम गरिरहेको बताए।
पालिकाका सबै वडामा स्वास्थ्यको मापदण्ड अनुसार स्वास्थ्य चौकीका भवन निर्माण हुने उनले बताए। यसअघि सामान्य प्रकारका भवन भएपनि २०७४ को स्थानिय तहको निर्वाचन पछि स्वास्थ्यको मापदण्ड अनुसारका भवन निर्माण भईरहेका अध्यक्ष शर्माको भनाई छ।
उनका अनुसार स्वास्थ्य चौकीका भवन वडा नं. १, २, ७ र ८ मा निर्माण भईसकेका छन् भने ४ नम्बर वडाको भवन अन्तिम चरणमा रहेको छ। ३ नम्बरमा आज शिल्लान्यास भयो भने ५ र ६ नम्बर वडाको भवन निर्माण प्रक्रिया सुरु हुने अध्यक्ष शर्माले बताए ।