काठमाडाैं- नेपाल डेन्टल एसोसियसन सुनसरी शाखाले आगामी आइतबार विश्व मुख स्वास्थ्य दिवस विभिन्न कार्यक्रम गरेर मनाउने भएके छ। उक्त कार्यक्रम संचालन र सफल पार्नका निमित्त नेपाल डेन्टल एसोसियसन, स्टुडेन्ट विंग सुनसरीको सक्रिय सहभागिता रहने छ।
विधार्थीहरुले उक्त दिन जनचेतनामुलाक र्याली, फोटोग्राफी प्रदर्शनी प्रतियोगिता, पोस्टर प्रतियोगिता, खुल्ला राष्ट्रव्यापी इपोस्टर प्रतियोगीता, सानासाना केटाकेटीहरुको फेस फेस पेन्टिङ कार्यक्रम, धरान नगरपालिकामा निशुल्क दन्त परीक्षण तथा विशेषज्ञ चिकित्सकहरुद्वार विभिन्न विषयगत प्रस्तुति, खानपान र मुख दाँत स्वास्थ्य सम्बन्धि जानाकारीमूलक कार्यक्रम गर्नेछन्।
१ दिने उक्त कार्यक्रमको नेतृत्व र आयोजना नेपाल डेन्टल एसोसियसन, सुनसरीले गर्ने र विधार्थीलाई विशेष रुपमा परिचालन गरिने एसोसियसनका अध्यक्ष डा. मन्नु विक्रमले बताए।
उनले मुख स्वास्थ्य सम्बन्धी नेपालमा निकै कम जनचेतना रहेको, सबै जनताको मुख तथा दाँत सेवामा पहुँच कम भएकाेले उपचारबाट बन्चित हुनुपरेको बताए।
कार्यक्रम आइतबार बिहान ८ बजेदेखि २ बजेसम्म विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, डेन्टल परिसरमा हुनेछ भने निशुल्क स्वास्थ्य परीक्षण लगायतका कार्यक्रम दिउँसो बजेदेखि बेलुका ५ बजेसम्म धरान उपमहानगरपालिकाको कार्यालयमा हुनेछ।