काठमाडौं- नेपालमा हाल आइसीयूमा २७ र भेन्टिलेटरमा ६ संक्रमित उपचाररत रहेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबारसम्म होम आइसोलेसनमा तीन हजार ९२७, संस्थागत आइसोलेसनमा ६ जना रहेका छन्।
शुक्रबार थप ५१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा पाँच हजार ९१४ जनाको कोरोना परीक्षण गरिएको थियो।
मन्त्रालयका अनुसार सक्रिय संक्रमितको संख्या तीन हजार ९९६ रहेको छ। पछिल्लो समय ३९२ जना कोरोनाबाट मुक्त भएका छन्। योसँगै निको हुनेको संख्या नौ लाख ६२ हजार १७३ पुगेको छ। निको हुने दर ९८.४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट कसैको पनि ज्यान गएको छैन। मन्त्रालयका अनुसार २०० भन्दा बढी संक्रमित भएका जिल्लामा ललितपुर, काठमाडौँ, चितवन र बाँके छन्।
मनाङ, रुकुमपूर्व, बाजुरा र जुम्लामा कोही पनि कोरोनाबाट संक्रमित छैनन्।