काठमाडौं– नेपालमा कोरोनाविरुद्धको खोप अभियान सुरुभएयता शुक्रबारसम्म तीन करोड ९२ लाखभन्दा बढी मात्रा खोप लगाइसकेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार नेपालमा खोप अभियान सुरु भएदेखि अहिलेसम्म तीन करोड ९२ लाख २३ हजार ९४१ मात्रा खोप लगाइसकेको छ।
हालसम्म एक करोड ८६ लाख ९५ हजार ८२६ जनाले एक मात्रा र एक करोड ८६ लाख ९८ हजार ५९५ जनाले पूर्ण मात्रा खोप लगाएको मन्त्रालयको तथ्यांक छ। त्यसैगरी, १८ लाख २९ हजार ५२० जनाले अतिरिक्त मात्रा खोप लगाएको मन्त्रालयको तथ्यांमा उल्लेख गरिएको छ।
हालसम्म कुल जनसंख्याको ७५ प्रतिशत अर्थात दुई करोड १८ लाख ९२ हजार ४३६ जनाले एक मात्रा खोप लगाएको मन्त्रालयको तथ्यांमा उल्लेख छ।
त्यसैगरी, ६४.१ प्रतिशत अर्थात एक करोड ८६ लाख ९८ हजार ५९५ जनाले पूर्ण मात्रा खोप लगाएका छन्। १८ वर्ष माथिका लक्षित जनसंख्या मध्ये ९२.९ प्रतिशतले अर्थात एक करोड ८४ लाख ९८ हजार १६० जनाले एक मात्रा खोप लगाएका छन्। त्यस्तै मन्त्रालयको तथ्यांक अनुसार ८१.२ प्रतिशत अर्थात एक करोड ६१ लाख ८४ हजार ८५८ जनाले पूर्णमात्रा खोप लगाएका छन्।
त्यसैगरी, १२ वर्ष देखि १७ वर्षसम्मका लक्षित जनसंख्याको ९१ प्रतिशत अर्थात ३१ लख १८ हजार ७८५ जनाले एक मात्रा खोप लगाएका छन्। त्यस्तै ६७ प्रतिशत अर्थात २३ लाख ११ हजार ९९८ जनाले पूर्णमात्रा खोप लगाएका छन्।
सरकारले वैशाख मसान्तसम्म १२ वर्षमाथीका सबै लक्षित जनसंख्यालाई खोप लगाउने लक्ष्य लिएको छ।
नेपालले अहिलेसमम विभिन माध्यमबाट भेरोसेल, कोभिसिल्ड, एस्ट्राजेनिका, मोडर्ना,फाइजर र जोन्सन एण्ड जोन्सन गरी चार करोड ७८ लाख ८२ हजार आठ सयमात्रा खोप प्राप्त गरेको छ।