काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रिक्त रहेको स्वास्थ्य सेवा समूहको अधिकृत १२ औं तहको प्रमुख विशेषज्ञ पदमा बढुवाका लागि आवेदन माग गरेको छ।
आइतबार सूचना प्रकाशित गरी मन्त्रालयको बढुवा समितिको सचिवालयले १२ औँ तहमा बढुवा हुनका लागि योग्यता पुगेका स्वास्थ्यकर्मीलाई १५ दिनभित्र व्यक्तिगत विवरण मन्त्रालयको कर्मचारी प्रशासन शाखामा दर्ता गर्न भनेको छ।
सूचना अनुसार बढुवाका लागि २०७८ असार मसान्तसम्म नेपाल स्वास्थ्य सेवा ऐनको दफा २६(१) बमोजिमको सेवा अवधी पुरा गरेका एघारौं तहका अधिकृत कर्मचारीहरुले प्रतिस्पर्धामा भाग लिन सक्नेछन्।
