काठमाडौं- चिकित्सा शिक्षा आयोगले स्नातक तहका विभिन्न शैक्षिक कार्यक्रमहरुका लागि एकीकृत प्रवेश परीक्षा काठमाडौं उपत्यकामा मात्रै संचालन हुने स्पष्ट पारेको छ।
आयोगले सुचना जारी गर्दै चैत्र १८ गतेबाट सञ्चालन गरिने एकीकृत प्रवेश परीक्षाको कार्यतालिका सम्बन्धमा केही उम्मेदवारबाट द्विविधा भएको जानकारी भएकोले एकीकृत प्रवेश परीक्षाको परीक्षा केन्द्रहरु काठमाडौं उपत्यका भित्र मात्र रहने जानकारी गराएको हो।