काठमाडौं- आज विश्व मुख स्वास्थ्य दिवस। दाँतको सफाइ तथा मुख स्वास्थ्यको विषयमा विभिन्न सचेतनामूलक कार्यक्रम गरी यो दिवस मनाइँदै छ। यस वर्ष ‘आफ्नो मुखप्रति गर्व गरौँ’ भन्ने नाराका साथ विश्व मुख स्वास्थ्य दिवस मनाइँदै छ।
शरीरभित्र प्रवेश गर्ने खानेकुराको प्रवेशद्वार नै मुख हो। शरीरका सम्पूर्ण अंगहरुलाई स्वस्थ र सुचारु राख्नका लागि पनि खानेकुरा र पौष्टिक तत्वहरु मुखबाटै खाने गरिन्छ। पेटमा कुनै स्वास्थ्य समस्या भएमा वा अन्य रोग लागेमा औषधि सेवन गर्ने पनि मुखबाटै हो। तर मुख नै स्वस्थ राख्न सकिएन भने शरीर पनि स्वस्थ रहन सक्दैन।
जान्नुहोस मुख स्वास्थ्य सम्बन्धी केही तथ्यहरु
-मुख सम्बन्धी रोगले विश्वव्यापी रुपमा ३ अर्ब ५० करोड मानिसलाई असर गर्छ, जसमध्ये ९० प्रतिशत रोग दाँत किराले खानेसँग सम्बन्धित छन्।
-मुखको स्वास्थ्य भनेको दाँत र मुखसँग मात्र सम्बन्धित छैन। यसले टाउको, अनुहार र ओरल क्याभिटीलाई पनि बुझाउँछ।
मुख स्वास्थ्यका लागि सबैभन्दा घातक पदार्थ सूर्ती र चिनी हुन्।
-राम्रो मुख स्वास्थ्य कायम राख्न समग्रमा राम्रो स्वास्थ्य कायम राख्नु महत्वपूर्ण छ।
-नेपाल सरकारले मानिसहरुलाई आफ्नो स्वास्थ्य, सामाजिक म र मानसिक स्थितिलाई सुधार गर्न मुख स्वच्छता अभ्यासका लागि प्रोत्साहित गर्न अभियान सुरु गरेको छ।