काठमाडौं- विभिन्न २३ वटा टेस्टट्यूब बेबी सेन्टरहरु दर्ता प्रक्रियामा आएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुमति नलिई सञ्चालनमा रहेका सेन्टरहरुलाई निवेदनसहित दर्ता प्रक्रियामा आउँन निर्देशन दिएपछि २३ वटा सेन्टरहरु दर्ता प्रक्रियामा आएका हुन्।।
मन्त्रालयले १५ दिनको समय दिएर दर्ता प्रक्रियामा आउन निर्देशन दिएको थियो। अहिले दर्ता प्रक्रियामा आएकामध्ये वात्सल्य नेचुरल आईभीएफ प्राली,काठमाडौं र क्रियटर्स आईभीएफ नेपाल प्राली, ललितपुरले भने मन्त्रालयले सुचना जारी गर्नुअघि नै सेन्टर संचालनको लागि मन्त्रालयमा निवेदन दिइसकेका थिए।
तोकिएको समयभित्र दर्ता प्रक्रियामा नआए कानून बमोजिम कारबाही गरिने मन्त्रालयले जनाएको थियो। जनस्वास्थ्य सेवा नियमावली २०७७ को नियम १२ बमोजिम निजी, गैरसरकारी वा गैर नाफामूलक सामुदायिक स्वास्थ्य संस्था सञ्चालनका लागि नियमावलीको अनुसूची ९ अनुसार स्वास्थ्य संस्थाले इजाजतपत्र लिनुपर्ने कानूनी व्यवस्था छ।
जनस्वास्थ्य सेवा नियमावली अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट इजाजत लिएर सञ्चालन हुनुपर्ने सेन्टरहरु इजाजत नै नलिइ चलिरहेको तथ्य फेला परेपछि स्वास्थ्यखबरले फागुन १३ गते प्रसूति गृह र नर्भिक बाहेक नेपालका सबै टेस्टट्युब बेबी सेवा अवैध शिर्षकमा समाचार प्रकाशित गरेको थियो।
यी हुन दर्ता प्रक्रियामा आएका टेस्टट्यूब बेबी सेन्टरहरु:
१- वात्सल्य नेचुरल आईभीएफ प्राली,काठमाडौं
२- क्रियटर्स आईभीएफ नेपाल प्राली,सातदोबाटो, ललितपुर
३- नेपाल इन्टरनेशनल फर्टिलिटी एन्ड लाप्रोस्कोपिक सेन्टर, पुल्चोक, ललितपुर
४- मनमोहन आईभीएफ सेन्टर प्राली,स्वयम्भु, काठमाडौं
५- नोबेल मेडिकल कलेज,बिराटनगर
६- होप फर्टिलिटी एन्ड डायगनोस्टिक प्राली, बबरमहल, काठमाडौं
७- स्नेह फर्टिलिटी सेन्टर प्राली, काठमाडौं
८- भेनस हस्पिटल प्राली, मध्यबानेश्वर काठमाडौं
९- बरदान फर्टिलिटी सेन्टर प्राली, काठमाडौं
१०- बिराट नर्सिंग होम प्राली,बिराटनगर
११- अल्का अस्पताल प्राली,जावलाखेल
१२- ओम हस्पिटल एन्ड रीसर्च सेन्टर,चाबाहिल
१३- डेनिस हेल्थ क्लिनिक प्राली, बुटवल
१४- साहारा इन्टरनेसनल फर्टिलिटी सेन्टर, पोखरा
१५- नेपाल परिवार नियोजन संघ,ललितपुर
१६- काठमाडौं मोडेल अस्पताल,प्रदर्शनिमार्ग
१७- पोखरा फर्टिलिटी क्लिनिक प्राली, पोखरा
१८- चितवन मेडिकल कलेज,चितवन
१९- होप फर्टिलिटी एन्ड आईभीएफ सेन्टर, पोखरा
२०- ग्रान्डी सिटी हस्पिटल प्राली,काठमाडौं
२१- इन्फर्टिलिटी सेन्टर प्राली, काठमाडौं
२२- माया आईभीएफ क्लिनिक प्राली,रुपन्देही
२३- एङगल फर्टिलिटी क्लिनिक प्राली,काठमाडौं
यो पनि:
गैरकानूनी रुपमा सञ्चालित टेस्टट्यूब बेबी सेन्टरहरुलाई १५ दिनभित्र दर्ता प्रक्रियामा आउन स्वास्थ्य मन्त्रालयको निर्देशन