काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरमा सञ्चालित र सञ्चालनमा आउन लागेका इनभिट्रो फर्टिलाइजेसन (आईभीएफ) सेन्टर अर्थात टेस्टट्यूब बेबी सेन्टरहरुको अनुगमन गर्ने भएको छ।
मन्त्रालयको स्वीकृति नलिइ सेन्टरहरु सञ्चालनमा रहेको समाचार प्रकाशित भएपछि मन्त्रालयले १५ दिनको समय दिँदै सबै सेन्टरलाई दर्ताका लागि आवेदन दिन भनेको थियो। १५ दिनको अवधिमा २३ वटा संस्थाले दर्ताका लागि निवेदन दिएका छन्।
मन्त्रालयले आवेदन दिएका संस्थासहित आवेदन नदिएका संस्था भेटिए कारबाकी प्रक्रिया अगाडि बढाउन अनुगमन समिति बनाएको छ।
मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाका प्रमुख डा मदन उपाध्यायको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन भएको हो। समितिमा मन्त्रालयको बरिष्ठ औषधि व्यवस्थापक, मन्त्रालयकै अनुगमन शाखा प्रमुख, कन्सलटेन्ट गाइनोकोलोजिष्ट, कन्सलटेन्ट प्याथोलोजिष्ट सदस्य छन्।
सदस्यले स्थलगत अध्ययन गरी मापदण्ड पुरा भएका सेन्टरलाई सञ्चालन स्वीकृत प्रदान गर्ने छ।
जनस्वास्थ्य सेवा नियमावली २०७७ को नियम १२ बमोजिम निजी, गैरसरकारी वा गैर नाफामूलक सामुदायिक स्वास्थ्य संस्था सञ्चालनका लागि नियमावलीको अनुसूची ९ अनुसार स्वास्थ्य संस्थाले इजाजतपत्र लिनुपर्ने कानूनी व्यवस्था छ।
जनस्वास्थ्य सेवा नियमावली अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट इजाजत लिएर सञ्चालन हुनुपर्ने सेन्टरहरु इजाजत नै नलिइ चलिरहेको तथ्य फेला परेपछि स्वास्थ्यखबरले फागुन १३ गते प्रसूति गृह र नर्भिक बाहेक नेपालका सबै टेस्टट्युब बेबी सेवा अवैध शिर्षकमा समाचार प्रकाशित गरेको थियो।
यी हुन् मन्त्रालयमा स्वीकृतिका लागि निवेदन दिएका २३ संस्था
१- वात्सल्य नेचुरल आईभीएफ प्राली,काठमाडौं
२- क्रियटर्स आईभीएफ नेपाल प्राली,सातदोबाटो, ललितपुर
३- नेपाल इन्टरनेशनल फर्टिलिटी एन्ड लाप्रोस्कोपिक सेन्टर, पुल्चोक, ललितपुर
४- मनमोहन आईभीएफ सेन्टर प्राली,स्वयम्भु, काठमाडौं
५- नोबेल मेडिकल कलेज,बिराटनगर
६- होप फर्टिलिटी एन्ड डायगनोस्टिक प्राली, बबरमहल, काठमाडौं
७- स्नेह फर्टिलिटी सेन्टर प्राली, काठमाडौं
८- भेनस हस्पिटल प्राली, मध्यबानेश्वर काठमाडौं
९- बरदान फर्टिलिटी सेन्टर प्राली, काठमाडौं
१०- बिराट नर्सिंग होम प्राली,बिराटनगर
११- अल्का अस्पताल प्राली,जावलाखेल
१२- ओम हस्पिटल एन्ड रीसर्च सेन्टर,चाबाहिल
१३- डेनिस हेल्थ क्लिनिक प्राली, बुटवल
१४- साहारा इन्टरनेसनल फर्टिलिटी सेन्टर, पोखरा
१५- नेपाल परिवार नियोजन संघ,ललितपुर
१६- काठमाडौं मोडेल अस्पताल,प्रदर्शनिमार्ग
१७- पोखरा फर्टिलिटी क्लिनिक प्राली, पोखरा
१८- चितवन मेडिकल कलेज,चितवन
१९- होप फर्टिलिटी एन्ड आईभीएफ सेन्टर, पोखरा
२०- ग्रान्डी सिटी हस्पिटल प्राली,काठमाडौं
२१- इन्फर्टिलिटी सेन्टर प्राली, काठमाडौं
२२- माया आईभीएफ क्लिनिक प्राली,रुपन्देही
२३- एन्जल फर्टिलिटी क्लिनिक प्राली,काठमाडौं
यो पनि:
गैरकानूनी रुपमा सञ्चालित टेस्टट्यूब बेबी सेन्टरहरुलाई १५ दिनभित्र दर्ता प्रक्रियामा आउन स्वास्थ्य मन्त्रालयको निर्देशन