काठमाडौं- चैत १० देखि १२ गतेसम्म काठमाडौंमा ५ औं नेपाल मेडिकल हेल्थ केयर सप्लाई चेन शो, नेपाल ल्याब एक्स्पो, नेपाल फार्म्यक हुने भएको छ। भृकुटीमण्डपमा हुने उक्त एक्स्पो एसडी प्रोमो मिडियाले आयोजना गर्दैछ।
इन्जिनियरिङ एक्सर्ट प्रमोसन काउन्सिल र केमिकल एण्ड मेडिकल सप्लायर्स एसोसिएसन अफ नेपालको सह—आयोजनामा हुने उक्त एक्स्पो अस्पताल, मेडिकल र प्रयोगशालाको क्षेत्रमा नेपालको एकमात्र बृहत कार्यक्रम हुनेछ।
एक्स्पो सफल बनाउन नेपालका विभिन्न स्वास्थ्य संस्था, औषधि उद्योग, प्रयोगशाला र मेडिकलहरूको साथ र सहयोगले रहने अपेक्षा आयोजकको रहेको छ । सन् २०२० मा नै आयोजना हुने भनिएको यो एक्स्पो कोभिड—१९ महामारीको कारण अहिलेको मितिमा सरेको हो।
यो एक्स्पोले नेपालको स्वास्थ्य संस्था र प्रयोगशालाहरूलाई अहिलेको उन्नत अवसरहरू प्रदान गर्दै उनीहरूका आवश्यकताहरू पूरा गर्ने लक्ष्य लिएको छ।