काठमाडौं - बाह्रदशी गाउँपालिका आयुर्वेद शाखा चकचकी झापाले विद्यालय आयुर्वेद तथा योग शिक्षा अभिमुखिकरण तथा प्रशिक्षक प्रक्षिण तालिम कार्यक्रम सम्पन्न गरेको छ।
शाखाले आयुर्वेद तथा योग शिक्षा सम्बन्धी महत्व र आवश्यकता बारे तीन दिने अभिमुखिकरण कार्यक्रमको आयोजना गरेको हो। कार्यक्रममा योग चिकित्सक बिनोद घिमिरले सामुदायिक तथा संस्थागत विद्यालयका शिक्षकलाई प्रशिक्षण दिएका थिए।
कार्यक्रममा ५० जनाको सहभागिता थियो। यो सँगै आफुहरुले डेढ सय जना ज्येष्ठ नागरिकलाई च्वयनप्रास लगायत आयुर्वेदिक औषधि निशुल्क रुपमा उपलब्ध गराएको थियो।