काठमाडौं- चिकित्सा शिक्षा आयोगले सबै विश्वविद्यालय, प्रतिष्ठान र शिक्षण संस्थाहरुलाई शैक्षिक सत्र २०७८/७९ मा स्नातक तहको सिट निर्धारण सम्बन्धी निर्णय लिनु पर्ने भन्दै विश्वविद्यालय वा प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद् (सिटिइभिटी)मध्ये कसको कार्यक्रम चलाउने हो जानकारी उपलब्ध गराउन भनेको छ।
आयोगले पत्र पठाउँदै तीन दिन भित्र कुन निकायको कार्यक्रम चलाउने हो खुलाएर पेश गर्न भनेको हो।
'विश्वविद्यालयको कार्यक्रम सञ्चालन भएका शिक्षण संस्थामा सिटिइभिटीका कार्यक्रम सञ्चालन भएका भए यसै शैक्षिक सत्रदेखि विश्वविद्यालय वा सिटिइभिटीमध्ये कसका कार्यक्रम सञ्चालन हुने हो र कुन निकायको कार्यक्रम सञ्चालन नहुने हो सम्बन्धित विश्वविद्यालय वा सिटिइभिटीबाट स्पष्ट रुपमा खुलाएर तीन दिनभित्र पेश गर्न निर्णय भएको छ,' आयोगले गरेको निर्णयमा भनिएको छ।
