पोखरा– पोखरामा १०० शय्या क्षमताको आयुर्वेदिक अस्पताल बन्ने भएको छ। अस्पताल निर्माणका लागि आवश्यक प्रक्रिया समेत अगाडि बढीसकेको छ।
गण्डकी प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका स्वास्थ्य सचिव डा श्रीराम तिवारीले पोखरा महानगरपालिका वडा नम्बर १० मा आयुर्वेदिक अस्पताल बनाउन लागिएको जानकारी दिए।
आयुर्वेदिक अस्पताल बनाउन सामुदायिक वनको जग्गा लिइसकेको डा तिवारीले बताए।
प्रत्येक प्रदेशमा १०० शय्याको आयुर्वेदिक अस्पताल बनाउने केन्द्र सरकारको योजना अनुसार गण्डकी प्रदेशमा आयुर्वेदिक अस्पताल बनाउन लागिएको हो। आयुर्वेदिक अस्पतालको भौतिक संरचना निर्माणका लागि केन्द्र सरकारले नै बजेट उपलब्ध गराउने डा तिवारीले जानकारी दिए।