काठमाडौं- कर्णाली प्रदेशमा विभिन्न पदमा ३१ जना स्वास्थ्यकर्मीका लागि रोजगारीको अवसर खुलेको छ। प्रदेश स्वास्थ्य निर्देशनालयले करारमा विभिन्न ६ पदमा ३१ कर्मचारी नियुक्त गर्न भन्दै सूचना निकालेको हो।
सूचना अनुसार कर्णालीका विभिन्न स्थानमा कामकाज गर्ने गरी कर्मचारी माग गरिएको हो। जसमा मेडिकल ल्याब टेक्नोलोजिष्ट (सातौं)१, जनस्वास्थ्य निरीक्षक १२, हेल्थ असिस्टेन्ट ६, प्रयोगशाला सहायक ६, हेल्थ असिस्टेन्ट सहायक पाँचौं ३ र स्टाफ नर्स ३ गरी ३१ जनाका लागि आवेदन माग गरिएको छ।
