काठमाडौं- नेपालमा नौ वटा जिल्लामा कोराेना संक्रमित शून्य रहेका छन्। शून्य संक्रमित भएको नौ जिल्लामा धनकुटा, सङ्खुवासभा, मनाङ, मुस्ताङ, रुकुम पूर्व, बाजुरा, डोल्पा, हुम्ला र जुम्ला छन्।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार २०० भन्दा बढी संक्रमित भएका जिल्लामा ललितपुर र काठमाडौँ रहेका छन्।
पछिल्लो २४ घण्टामा ३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। मन्त्रालयले आज सार्वजनिक गरेको बुलेटिनअनुसार पाँच हजार ३७६ मा कोरोना परीक्षण गर्दा ३८ जनामा संक्रमण पुष्टि भएको हो।
मन्त्रालयका अनुसार सक्रिय संक्रमितको सङ्ख्या दुई हजार ४५३ रहेका छन्। आज संक्रमणबाट कसैको पनि निधन भएको छैन।