काठमाडौं- नेपाल आयुर्वेद चिकित्सक संघको दशौं महाधिवेशन चैत १८ र १९ गते काठमाडौंमा हुने भएको छ। यसअघि माघमा हुने भनिएको महाधिवेशन कोभिड संक्रमण फैलिएका कारण स्थगित भएको थियो।
संघले स्थगित महाधिवेशन चैत १८ र १९ गते काठमाडौंको बबरमहलस्थित कार्की ब्यांकेटमा गर्ने निर्णय गरेको हो। यसअघि गत माघ २१ र २२ गतेका लागि महाधिवेशन हुने भनिएको थियो।