काठमाडौं- नेपालमा थप ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५२६८ जनामा परीक्षण गर्दा ३५ जनामा संक्रमण पुष्टि भएको हो।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २६६ जना संक्रमणमुक्त भएका छन् भने यो अवधिमा शून्य मृत्यु रहेको छ। ने
पालमा अहिलेसम्म लक्षित जनसङ्ख्याको ९३.१ प्रतिशतले पहिलो मात्रा र ८१.६ प्रतिशतले पूर्ण मात्राको खोप लगाइसकेका छन्।