काठमाडौं- नेपाल जनस्वास्थ्य संघ (नेफा) बागमती प्रदेशले सनराइज इन्ग्लिश स्कुलका प्लस टु का विद्यार्थीकाे लागि नसर्ने रोग र यसका कारक तत्वहरुको रोकथाम तथा भिडियो गेम एडिक्सन सम्बन्धी एक दिने सेमिनार सम्पन्न गरेको छ।
स्कुल अफ पब्लिक हेल्थ तथा साइकाट्रिक डिपार्टमेन्ट, स्कूल अफ नर्सिङ, चितवन मेडिकल कलेजको टेक्निकल सहयोगमा सम्पन्न भएको उक्त कार्यक्रममा बरिस्ठ जनस्वास्थ्यकर्मी प्राडा किशोर अधिकारी तथा साइकाट्रिक नर्स सिनिअर लेक्चरर अमृता घिमिरेले आफ्नाे प्रस्तुति राखेका थिए।
सेमिनारमा नेपालमा बढीरहेकाे नसर्ने रोगको प्रकोप तथा यसको कारक तत्वहरुको बारेमा स्पष्ट पारीयको थियाे। आजका युवा पुस्ताको भिडियाे गेमिंग एडिक्सन र यसका असरहरु तथा बच्ने उपायहरुको बारेमा कार्यक्रममा स्पष्ट पारीएको थियो।
उक्त कार्यक्रममा सनराइज स्कुलका प्रधानाध्यापक सिव बगालेले आफ्नो मन्तब्य राख्दै स्वास्थ्य जीवनशैली अपनाउनको लागि ढिला गर्न नहुने बताए।