काठमाडौं- नेकपा एकीकृत समाजवादीले पार्टीका विभिन्न केन्द्रीय विभाग र प्रदेश कमिटीहरूलाई पूर्णता दिएको छ।
नेकपा एसका महासचिव डा बेदुराम भुसालले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै विभाग र प्रदेश कमिटीमा रहने पदाधिकारी तथा सदस्यहरूको नामावली सार्वजनिक गरेका हुन्। नेकपा एसको स्वास्थ्य विभाग प्रमुखमा नागेन्द्रप्रसाद चौधरी चयन भएका छन्।
स्वास्थ्य विभागको उपप्रमुखमा डा गोपाल खनाल चयन भएका छन। विभागको सदस्यहरुमा कमला गैरे, डा कृष्णगोपाल महर्जन, डा गुप्तबहादुर श्रेष्ठ, प्राडा गोविन्द सुवेदी, गंगा थापा र चेत गुरुङ रहेका छन्।