काठमाडौं- नेपाल आयुर्वेद औषधि उत्पादक संघका पूर्व अध्यक्ष विनोद पौडेलको निधन भएको छ। पौडेलको उपचारका क्रममा गएराति १ बजे ग्रान्डी अस्पतालमा निधन भएको हो।
६३ वर्षीय पौडेललाई कलेजोको समस्या थियो। यसका साथै लामो समयदेखि निमोनिया र युरिक एसिडको समस्या पनि उनमा थियो। ८ दिनअघि अस्पताल भर्ना भएका पौडेलको उपचारका क्रममा नै निधन भएको हो।
पौडेल सगरमाथा आयुर्वेद औषधि उद्योगका सञ्चालक समेत हुन्।
पौडेलको छोरा हाल अष्ट्रेलियामा रहेका कारण छोरा आएपछि मात्र दाहासंस्कार गर्ने तयारी भएको छ। पौडेलको शव अहिले त्रिवि शिक्षण अस्पतालको शव गृहमा राखिएको छ।