काठमाडौं- नेपाल नर्सिङ काउन्सिलले नर्सिङ तर्फको २९ औँ र मिडवाइफ्री तर्फको छैटौँ नाम दर्ता (लाइसेन्स) परीक्षाको नतिजा प्रकाशित गरेको छ। काउन्सिलले शनिबार लिएको परीक्षामा ५५ प्रतिशत उत्तीर्ण भएका छन्।
नर्सिङ तर्फको लाइसेन्स परीक्षामा १ हजार ४८३ जनाले फारम भरेका थिए। तीमध्ये ८ जना अनुपस्थित भएका थिए। परीक्षामा सहभागी भएका १ हजार ४७१ जनामध्ये ८०७ जना उत्तीर्ण भएका छन्। यो सहभागिमध्ये ५४.८६ प्रतिशत हो।
यसैगरी, मिडवाइफ्री तर्फ भने ३ जना सहभागी भएकामा सबै उत्तीर्ण भएका छन्।
काउन्सिलले वर्षमा तीन पटक लाइसेन्स परीक्षा लिँदै आएको छ।