काठमाडौं– सरकारले चैत २५ गतेदेखि देशभर टाइफाइड खोप अभियान सुरु गर्ने घोषणा गरेको छ। नेपालमा पहिलो पटक १५ महिना देखि १५ वर्ष मुनिका सबै बालबालिकालाई टाइफाइड खोप अभियान चलाउने तयारी गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
खोप अभियान चैत २५ गतेदेखि बैशाख १८ गते सम्म चल्नेछ। खोप सञ्चालन हुने स्थान, मिति र समय बारे भने स्थानीय रेडियो, स्वास्थ्य संस्था, वडा कार्यालय र विद्यालयबाट जानकारी गराइने जनाइएको छ।
यो अभियान पश्चात टाइफाइड खोपलाई नियमित खोप कार्यक्रममा समावेश गरिने छ। सरकारले नियमित खोप कार्यक्रममा समावेश भएपछि १५ महिना पुगेका सबै बालबालिकालाई एक डोज टाइफाइड खोप प्रदान गर्नेछ।