काठमाडौं- नेपाल जनस्वास्थ्य संघले जनस्वास्थ्य अधिकृत तथा सो भन्दा माथिका पदहरु संघीय सरकार अन्तर्गत राख्न माग गरेको छ।
स्वास्थ्यमन्त्री विरोध खतिवडालाई ज्ञापनपत्र बुझाउँदै संघले स्थानीय तहहरुमा समग्र स्वास्थ्य व्यवस्थापनको लागि जनस्वास्थ्य अधिकतको पद सिर्जना गरी यथाशिघ्र लोकसेवाबाट पदपूर्ति हुने व्यवस्था गर्न पनि माग गरेको छ।
संघले मन्त्रालयबाट हेल्थ इन्स्पेक्सन समूहतर्फ अत्यन्त थोरै दरबन्दी राख्दा जनस्वास्थ्यकर्मीको वृत्तिविकासमा असर परेको भन्दै ११ औँ तहका थप पदहरु सिर्जना गर्न पनि माग गरेको छ।