काठमाडौं- नेपाली सेनाले रिक्त प्राविधिक तथा अप्राविधिक समूहका विभिन्न पदमा ८७ जनाका लागि स्थायी हुने अवसर खुला गरेको छ। सेनाले खुला तथा समावेशी कोटाबाट स्थायी पदपूर्ति गर्नका दरखास्त आव्हान गरेको हो।
सेनाले प्राविधिक तर्फ ५० जना एमबीबीएस, ५ जना बीडीएस, नर्सिङ तर्फ १८ र स्वास्थ्यका अन्य विभिन्न पदमा १४ गरी ८७ जनाका लागि रोजगारी खुलाएको हो।

