काठमाडौं- नेपालगञ्जका ३ वटा औषधि पसल कारबाहीमा परेका छन्। अनाधिकृत रुपमा औषधि सञ्चय गरेको भन्दै औषधि व्यवस्था विभाग नेपालगञ्जले तीन औषधि पसललाई कारबाही गरेकाे हो।
कारबाहीमा पर्नेमा जेम फार्मेसी,सारिका मेडिकल हल र नजत फार्मेसी रहेका छन्। नजत फार्मेसीलाई वाणिज्य आपुर्ती तथा उपभोक्ता संरक्षण कार्यालयले २० हजार जरीवाना गरेको छ।
कारबाहीमा परेका फार्मेसीहरुले नेपालमा दर्ता नभएका औषधि बिक्री वितरण गरेको, औषधिको रेकर्ड नराखी बिक्री वितरण गरेको तथा नविकरण नगरेको पाइएको छ।
विभागले जिल्ला प्रशासन कार्यालय बाँके र वाणिज्य आपुर्ती तथा उपभोक्ता संरक्षण कार्यलयको समन्वयमा अनुगमन गरेको विभागका फार्मेसी निरिक्षक दिपेन्द्र कुमार साहले जानकारी दिए।