काठमाडौं- नर्भिक इन्टरनेशनल हस्पिटलले विश्वस्तरीय कस्मेटिक एण्ड डर्माटोलोजी सेन्टर संचालनमा ल्याएको छ।
अस्पतालले केही समय अघिदेखि एम हाउस परिसरमा निर्माण भएको नयाँ भवनमा कस्मेटिक एण्ड डर्माटोलोजी सेन्टर संचालनमा ल्याएको हो।
कस्मेटिक, स्कीन तथा कपालसँग सम्बन्धित समस्या भएकाहरुलाई लक्षित गरी नेपालमै गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले अस्पतालले व्यवस्थित डर्माटोलोजी सेन्टर स्थापना गरेको अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रले जानकारी दिए।
उनका अनुसार हाल यो सेन्टरमा डा. सिरपा बज्राचार्य नेतृत्वको टिमले सेवा दिन थालेको छ