भक्तपुर- भक्तपुर क्यान्सर अस्पताल परिसरमा निर्माण भएको ‘वाटर एटिएम’को उद्घाटन गरिएको छ।
खानेपानी मन्त्री उमाकान्त चौधरीले अस्पताल परिसरमा निर्माण भएको ‘वाटर एटिएम’को आइतबार उद्घाटन गरेका हुन्। उद्घाटनपछि उनले अस्पताल जस्तो संवेदनशिल क्षेत्रमा बिरामी र बिरामीका कुरुवालाई वाटर एटिएमको निर्माणले ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरे।
काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डले १० लाख रुपैयाँको लागतमा अस्पताल परिसरमा जडान गरेको सो वाटर एटिएमबाट उपभोक्ताले परीक्षणबाट शुद्ध प्रमाणित भएको पानी दुई रुपैयाँमा कागजको कपसहित २ सय मिलिलिटर पाउँछन्।