काठमाडौं- नेपाल निजामती कर्मचारी युनियनले आफूहरूले विगतदेखि उठाइरहेका माग सम्बोधन गरेर मात्र संघीय निजामती सेवा ऐन ल्याउन माग गरेकाे छ।
आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिवमार्फत सरकारलाई ध्यानाकर्षण गराउँदै युनियनले भेटेर युनियनका अध्यक्ष विरबहादुर रावलसहित पदाधिकारीले स्वास्थ्य सचिव रोशन पोखरेललाई भेटेर आफूहरूले उठाएका माग सम्बोधन गर्न आग्रह गरेका हुन्। विगतदेखि उठाइएका मागहरू ऐन जारी गर्दा सम्बोधन गर्नुपर्ने उनीहरुको भनाई छ।
समायोजनबाट मर्कामा परेका कर्मचारीलाई एकपटक पुन स्वेच्छिक रूपमा रोजेको तहमा जाने व्यवस्था मिलाउनसमेत उनीहरूको माग छ। साथै राजपत्र अनङ्कित कर्मचारीले उठाएका माग सम्बोधन गर्दै सबै तह एवं सेवा समूह र पदमा कार्यरत कर्मचारी वृत्ति विकासका लागि ऐनमा व्यवस्था हुनुपर्ने युनियनले माग गर्दै आएका छन्।
कर्मचारीहरूको उमेर हद ५८ बाट ६२ कायम गर्नुपर्ने उनीहरुको माग छ। द्वन्दबाट पिडीत कर्मचारीहरूको लागि स्वास्थ्य उपचार, उचित क्षतिपूर्ति र द्धन्दको कारणबाट मृत्यु भएका कर्मचारीहरूलाई शहिद घोषणा गरी उनीहरूको परिवारलाई आर्थिक सहायता एवं रोजगारीको व्यवस्था गर्न पनि युनियनले माग गरेको छ।
स्वास्थ्य सेवा अन्तर्गत नर्सिङ सेवा लगायतका पदहरुमा बढवाको लागि दुर्गम क्षेत्रमा सेवा गर्ने पर्ने व्यवस्था भएको तर दुर्गम क्षेत्रमा रहि सेवा गर्न कतिपय पदहरुको पर्याप्त दरबन्दी नभएका कारण वृत्तिविकास हुन नसकेको भन्दै युनियनले दुर्गम क्षेत्रमा अनिवार्य सेवा गर्नुपर्ने बाध्यता हटाई दुर्गम क्षेत्रमा काम गरेको भौगोलिक अंक बढी कायम गरी हालको निजामति सेवा ऐनमा भएको जस्तै व्यवस्था गर्न माग गरेको छ।
हेर्नुहोस युनियनका शुझाव: