काठमाडौं- बसुन्धरास्थित बिपी स्मृति सामुदायिक सहकारी अस्पताल लिमिटेडको व्यवस्थापन समिति परिवर्तन भएको छ। शनिबार सम्पन्न अस्पतालको १४ औं बार्षिक साधारण सभाले डा सुधारप्रसाद अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको हो।
साधारण सभाले नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो। यसअघि अस्पतालको व्यवस्थापन समितिको अध्यक्षमा डा केदारनरसिंह केसी थिए। उनी दुई कार्यकाल नेतृत्वमा रहे।
१९ सदस्यीय नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा डा मधुसुदन पुन, उपाध्यक्षमा कृष्णमान श्रेष्ठ, महासचिवमा प्राडा मोदनाथ मरहठ्ठा, कोषाध्यक्षमा ई महेश्वर नरसिंह केसी, सचिवमा गोमा उप्रेती र सह-कोषाध्यक्षमा ताराप्रसाद फुलेल निर्वाचित भएका छन्।
सदस्यहरुमा महेश्वर शर्मा पौडेल, प्रेमकुमार उलक, मेघनाथ थपलिया, माधव पाण्डे, टंकनिधी काप्री, मदन रेग्मी, राम कार्की, शम्भु घिमिरे, मुनाकुमारी थापा, कमला सुतियार, ठाकुरप्रसाद पुडासैनी र गोकर्णप्रसाद अर्याल निर्वाचित भएका छन्।
यस्तै साधारणसभाले अस्पतालको लेखा सुपरीवेक्षण समितिको संयोजकमा यमकुमार श्रेष्ठ, सदस्यहरुमा लक्ष्मीरमण बन र हुमनाथ शर्मा पौडेललाई निर्वाचित गरेको छ।
साधारण सभाले प्राडा दिनेशविनोद पोखरेल, डा भुपेन्द्रकुमार बस्नेत, प्रकाश शर्मा, टिकाराम पौड्याल, शिवहरि नेपाल, नन्दप्रसाद दुलाल, ज्ञानवहादुर लामा, गोपाल ढुंगाना, मोतिराज पौडेल, डा घनश्याम सिग्देल, हरिप्रसाद अर्याल, समिता खड्गी श्रेष्ठ र नेत्रनारायण पौडेल अस्पतालको आमन्त्रित सदस्य बनाएको छ।