काठमाडौं- भक्तपुर क्यान्सर अस्पतालले ऐन विपरित विज्ञापन खोलेको भन्दै प्रजातन्त्रवादी चिकित्सक संघले आपत्ति जनाएको छ। विज्ञापनमा मेडिकल अधिकृतको तह सातौं उल्लेख गरिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै संघले मेडिकल अधिकृत सातौं तह भनी विज्ञापन गर्नु स्वास्थ्य सेवा नियमावली विपरित भएको जनाएको छ।
'स्वास्थ्य सेवा नियमावलीमा स्पष्ट रुपमा चिकित्सकहरुको सुरु नियुक्ति आठौं तहबाट हुने प्रावधान रहि आएकोमा उक्त ऐनको भावना र मर्म विपरित नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत कै अस्पतालले मेडिकल अधिकृत सातौं तह भनी विज्ञापन गर्नु गम्भीर त्रुटी भएको हुनाले सो सूचना अबिलम्ब सच्चाउन संघ जोडदार माग गर्दछ।', अध्यक्ष डा अनिलबिक्रम कार्कीद्वारा मंगलबार जारी विज्ञप्तिमा भनिएको छ।
भक्तपुर अस्पतालले गत ७ गते मेडिकल अधिकृत सातौं तहको लागि विज्ञापन खोलेको थियो।