काठमाडौं- नेपालमा थप ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५४७१ जनामा परीक्षण गर्दा ४२ जनामा कोरोना पुष्टि भएको हो।
पछिल्लो २४ घण्टामा शून्य मृत्यु रहेको छ भने ८६ जना निको भएका छन्। आज देशभर ११९८ जना सक्रिय संक्रमित रहेका छन्।