काठमाडौं- सरकारले चैत २४ मा विश्व स्वास्थ्य दिवस मनाउने भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार सुचना जारी गर्दै चैत २४ गते विश्व स्वास्थ्य दिवस मनाउने जानकारी दिएको हो।
यस वर्ष विश्व स्वास्थ्य दिवसको नारा 'स्वच्छ वातावरण, स्वस्थ नेपाली' रहेको छ।
मन्त्रालयले उपलब्ध स्रोत साधन प्रयोग गरी विश्व स्वास्थ्य दिवस मनाउन सबै प्रदेश स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालय, स्वास्थ्य कर्यालय र स्थानीय तहलाई अनुरोध गरेको छ।