काठमाडौं- काठमाडौं महानगरपालिका–७ स्थित लामपोखरी, कटु बहालमा मंगलबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ। काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज, जीपी कोइराला मेमोरियल सामुदायीक, लायन्स क्लब र लियो क्लबको सहकार्यमा शिविर सञ्चालन गरिएको हो।
जिपी कोइराला मेमोरियल सामुदायिक भवनमा सञ्चालित शिविरमा ७८१ जनाको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ। शिविरमा १७५ जनाको भिडियो एक्सरे, १२१ जनाको रक्त परीक्षण र १०९ जनाको ईसीजी गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए।
त्यस्तै ३७ जनाको दाँत उखेलिएको छ। शिविरमा उपचार सम्भव नभएका २३ जना बिरामीलाई शल्यक्रियाका लागि अस्पताल रेफर गरिएको आयोजकले जनाएको छ।