काठमाडौं– मधेश प्रदेशको राजधानी जनकपुरधाममा निःशुल्क नसा रोग स्वास्थ्य परार्मश शिविर संचालन हुने भएको छ।
मस्तिष्कघात, पक्षघात, स्ट्रोकको विषयमा सचेतना कार्यक्रम संचालन गर्न लागिएको नसारोग विशेषज्ञ डा अविनाश चन्द्रले जानकारी दिए।
नेपाल स्ट्रोक एसोसिएसनका सचिव समेत रहेका डा चन्द्रका अनुसार मधेश प्रदेशमा हुन लागेको यो कार्यक्रम विशेषज्ञ चिकित्सकहरुले नशारोगको विषयमा स्वास्थ्य परामर्श दिनेछन्।
कार्यक्रममा वीर अस्पतालका वरिष्ठ नशारोग विशेषज्ञ डा अविनाश चन्द्र, नर्भिक अस्पतालका वरिष्ठ नसा रोग विशेषज्ञ डा पंकज जालान, हाइडेलवर्ग विश्वविद्यालय तथा एन्डोल्स इनिसिएटिभका तर्फबाट डा क्रिष्टिन ट्रंकल तथा जनचेतना प्रस्तोता प्याट्रिक ट्रंकलले पनि आ–आफ्नो धारणा तथा कार्यपत्र प्रस्तुत गर्नेछन्।
आयोजक समितिका कार्यकारी सचिव डा आयुषचन्द्रका अनुसार सचेतना कार्यक्रम यही शुक्रबार र निशुल्क स्वास्थ्य परामर्श शिविर शनिबार संचालन हुने छ।
