काठमाडौं- कस्मेटिक गाइनोकोलोजी सम्बन्धी कार्यशाला काठमाडौंमा सुरु भएको छ। नेपाल प्रसूति तथा स्त्री रोग विशेषज्ञ समाज (नेसोग)कोे १६ औं राष्ट्रिय सम्मेलन अन्तर्गत आयोजित कार्यशालामा देशभरका ४० जना प्रसूति तथा स्त्री रोग विशेषज्ञहरु सहभागी छन्।
नेसोग र धरती मेडिटेक प्रालिको सहकार्यमा आयोजित कार्यशालाको उद्घाटन नेसोगका अध्यक्ष प्राडा गणेश दंगालले गरेका छन्।
कस्मेटिक गाइनोकोलोजीेको विश्वभर माग भइरहेको र नेपालबाट यो सेवा लिन विदेशमा गईरहेको अवस्थामा नेसोगले कार्यशाला संचालन गरेको हो।
२ दिने कार्यशालामा महिलाहरुको योनीमा हुने असहजता र समस्याहरुको निराकरण कसरी गर्ने भन्ने विषयमा छलफल हुनेछ।
साथै हास्दा, खोक्दा, कामगर्दा पिसाब चुहिने र महिनावारी रोकिन लाग्दा वा महिनावारी रोकिएपछि योनीमा हुने सुख्खापना आदिको उपचारको विषयमा कार्यशाला केन्द्रित रहेको छ।
यसैबीच नेसोग अन्तर्गत डा यामप्रसाद द्वाको संयोजकत्वमा चार सदस्यीय कस्मेटिक गाइनोकोलोजी समितिसमेत गठन गरिएको छ।