काठमाडौं- काठमाडौंको बुढानिलकण्ठ नगरपालिका–१३ स्थित चुनिखेल, टुकुचेमा बुधबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ।
जीपी कोइराला मेमोरियल र काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजको सहकार्यमा स्वास्थ्य शिविर सञ्चालन गरिएको हो।
उपचारका लागि शिविरमा आएका १०१३ जनाको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ। जसमध्ये १९७ जनाको रक्त परीक्षण, १२९ जनाको भिडियो एक्सरे र ९५ जनाको मुटुको जाँच गरिएको छ।
त्यस्तै ३१ जनाको दाँत खोलिएको छ भने शिविरमा उपचार सम्भव नभएका ४१ जनालाई थप उपचारका लागि अस्पताल रेफर गरिएको छ।