काठमाडौं- कर्णाली प्रदेश अस्पताल सुर्खेतमा कुकुरले टाउको नभएको मृत बच्चा मुखमा च्यापेर इमरजेन्सी वार्डको वरिपरि हिँडिरहेको अवस्थामा भेटिएको छ।
तर कुकुरले च्यापेको मृत बच्चा कसको हो र कुकुरले कहाँबाट ल्याएको हो भन्ने विषयमा भने केहि खुल्न सकेको छैन।
घटनाको बारेमा अस्पताल प्रशासन र जिल्ला प्रहरी कार्यालयले छानबिन गरिरहेको जनाएका छन्। प्रदेश अस्पताल सुर्खेतका प्रशासन प्रमुख विनोद बस्नेतले घटनाको बारेमा पुष्टि भइनसके पनि कसैले मृत शिशु जन्माएर जंगलमा फ्याकेको अवस्थामा कुकुरले फेला पारेको हुन सक्ने बताए।
घटनाबारे छानबिन भइरहेको उनले बताए।