काठमाडौं- नोवेल अस्पतालमा कार्यरत चिकित्सक विजय यादव मृत अवस्थामा फेला परेका छन्। सप्तरीको राजविराज घर भएका र तीन वर्षयता विराटनगरस्थित नोवेलको अर्थोपेडिक विभागमा कार्यरत मेडिकल अफिसर यादव शनिबार बिहान मृत भेटिएका हुन्।
नाक तथा मुखबाट रगत बगिरहेको अवस्थामा डेरा बसेको घरको कम्पाउन्डमै डा यादवको शव फेला परेको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए। २८ वर्षका डा यादवले बंगलादेशबाट एमबिबिएस गरेका हुन्।