काठमाडौं- नेपाल सोसाईटी अफ अब्सटेटिप्स एण्ड गाईनोकोलोजी (नेसोगको) १६ औ राष्ट्रिय सम्मेलन काठमाडौंमा सम्पन्न भएको छ। २ दिनसम्म चलेको उक्त सम्मेलनमा राष्ट्रिय/अन्तराष्ट्रिय विभिन्न सोधपत्रहरु पस्तुत गरिएको छ।
महामारी र महामारीपश्चात प्रजनन स्वास्थ्य भन्ने मूल नाराका साथ देशभरका स्त्री तथा प्रसूति रोग विशेषज्ञहरु उक्त सम्मेलनमा भाग लिएका थिए। कार्यक्रमको उद्घाटन नेसोगका अध्यक्ष प्राडा गणेश दंगालले गरेका थिए।
कार्यक्रममा महामारीको समय तथा महामारी भन्दा अगाडीको प्रजनन स्वास्थ्यको बारेमा समेत छलफल भएको थियो। साथै सम्मेलनमा देशका बिभिन्ने क्षेत्रहरुमा कार्यरत प्रसूति तथा स्त्रीरोग विशेषज्ञहरुको सहभागिता रहेको थियो।
सम्मेलन अन्तर्गत विभिन्न बिधाहरु अंकोलोजी, यूरोगाईने, आकस्मीक निसन्तान र अन्य विभिन्न सत्रहरुमा करिब सय वटा सोधपत्र प्रस्तुत गरिएको छ। यसैगरी सम्मेलन अन्तर्गत योङ गाईनोकोलोजी अवार्ड, नेसोग अवार्ड, सोमा अवार्ड र नेसोग लजिक अवार्ड पनि प्रदान गरिएको छ। सम्मेलनको पूर्व सन्ध्यामा १६ र १७ गते कस्मेटिक गाईनोकोलोजी र कल्पोस्कोपी गरी २ वटा कार्यशाला सम्पन्न गरिएको थियो।